काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई बधाई र शुभकामना दिएका छन्।
मोदीले सामाजिक सञ्जाल मार्फत एक सन्देश पोस्ट गर्दै, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ, भनेका छन्।
यसैबीच, भारतले नेपालमा नयाँ अन्तरिम सरकारको गठनलाई स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई नेपालका शान्ति र स्थायित्वलाई सुदृढ गर्ने सकारात्मक कदमको रूपमा लिएको छ।
भारतीय विदेश मन्त्रालयले नेपालसँगको दीर्घकालीन साझेदारी र सहकार्यमा प्रतिबद्धता जनाउँदै भनिएको छ, “भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।”












प्रतिक्रिया