काठमाडौं ।
मकवानपुरको भीमफेदीस्थित कारागारबाट भदौ २५ गते बिहान ४४० जना कैदी फरार भएका थिए। यसमध्ये हालसम्म १२३ जना कैदीलाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिएका छन्।
प्रारम्भिक तथ्याङ्क अनुसार, कारागारमा १ हजार ६६ जना कैदीबन्दी रहेका थिए र अब कारागारमा जम्मा ७९७ जना कैदीबन्दी छन्। फरार भएका ३१७ जनाको खोजी कार्य जारी रहेको छ, र उनीहरूको बारेमा थप जानकारी खोजी भइरहेको छ।
पक्राउ परेका १२३ जनामा केही अन्य कारागारबाट फरार भएका ४८ जना पनि समावेश छन्।











प्रतिक्रिया