चितवनमा निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन सामान्य


काठमाडौं ।

चितवन जिल्लामा जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाइने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो।

निषेधाज्ञा र कर्फ्यु आदेश हालसालैको राजनीतिक घटनाक्रम र जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर राखी लागू गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकमा सुरक्षा अवस्थाको विश्लेषण गरी उक्त निर्णय गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगामी दिनहरूमा पनि जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न सबैलाई अपिल गर्दै भनेका छन्, ूजनजीवन सामान्य बनाउन आदेश फुकुवा गरिएको हो।

निषेधाज्ञा हटेसँगै अब जिल्लामा बजार, यातायात र अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ।