काठमाडौं ।
पोखराको आकाशमा कालो धुवाँ उडिरहेको थियो। आगोले घरलाई पूर्णरूपमा घेरिसकेको थियो। घरभित्रै काम गर्दै आएकी र परिवारकै सदस्य भएकी बहिनीको चीत्कारले सम्पूर्ण वातावरण हल्लिएको थियो। त्यो क्षण धुर्व बहादुर थापाका लागि केवल एउटा घर गुमाउनु मात्र होइन, आफ्नो ३५ वर्षको पसिना, संघर्ष र जीवनभरको उत्साह खरानी भएको क्षण थियो।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्व बहादुर थापा र उनकी पत्नी मिलन थापा लामो समयदेखि उद्यमशीलता र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। हाल मिलन थापा लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालकी मल्टिपल काउन्सिल चेयरपर्सन तथा डिष्ट्रिक्ट ३२५ जे नेपालकी निवर्तमान डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारीमा छिन्।
१७ वर्षको उमेरमा पढाइसँगै व्यवसाय सुरु गरेका धुर्व थापाले आफ्नो उद्यमशील यात्रालाई व्यक्तिगत सफलतामा मात्र सीमित राखेनन्। नेपालमै उद्यम गर्नुपर्छ, सम्भावना धेरै छ,भन्ने उनको भनाइले असंख्य युवालाई प्रेरणा दियो। उनी मात्र सफल व्यवसायी होइनन्, एक प्रेरणादायी पात्र हुन् जसले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्। ।
२०७२ सालको महाभूकम्प होस् वा कोभिड–१ को महामारी, थापा दम्पतीले समाजलाई नै प्राथमिकतामा राखे। उनीहरूले देशभरका संघ–संस्थालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराए, जसले आजसम्म पनि देशका दुर्गमसम्म सेवा पुर्याइरहेको छ।
“हामीले सधैं व्यापारभन्दा मानवीय सेवालाई अगाडि राख्यौं,” थापा गर्वका साथ भन्छन्। । तर, भदौ २४ गतेको जेन जेड आन्दोलनले सबैकै आत्मालाई हल्लाइदियो। आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रदर्शनकारीले पोखरास्थित थापा परिवारको घर र कार्यालयमा आगो लगाइदिए।
पुर्खाको जग्गामा बनेको, ३५ वर्षको संघर्ष जोडिएको घर केही क्षणमै खरानी हुँदा थापा भाबुक भए।
“घर जलेर खण्डहर भएको देख्दा नेपालमै बसेर व्यवसाय गर्नु गल्ती भएछ कि भन्ने लाग्छ,” उनले सामाजिक सञ्जालमार्फत भावुक हुँदै लेखेका छन्।
तर सम्पती गुमाउनु भन्दा पनि पीडादायी थियो—घरमै काम गर्ने र परिवारकै सदस्य समान भएकी बहिनीको निधन। आगोले घेर्दा निस्कन नसकेकी उनको चीत्कार आजसम्म पनि परिवारका कानमा गुन्जिरहेको छ।
“केही क्षण अघि मात्रै हामीलाई खाना खुवाएकी ती बहिनी क्षणमै जिउँदै जलेर जान्छिन् भन्ने कल्पना पनि नगरेको स्थिति भयो,” थापा भाबुक भएर भन्छन्।
भ्रष्टाचारका आरोप अस्विकार
आगोको घटनासँगै सामाजिक सञ्जालमा थापा परिवारमाथि विभिन्न आरोप लगाइयो। दाजु बिन्दु थापा, जो हाल राजनीति क्षेत्रमा सक्रिय छन्, उनीमाथि भ्रष्ट्राचार र अवैध सम्पती जोडेर चरित्र हत्या गर्ने प्रयास भइरहेको धुर्व थापाले स्पष्ट पारे।
“दाजु राजनीतिमा लाग्नु अघि नै सफल व्यवसायी हुनुहुन्थ्यो। उहाँमाथि लगाइएका भ्रष्ट्राचारका आरोपहरू कपोलकल्पित मात्र हुन्,” उनले भने।
उनका अनुसार बिन्दु थापाले सांसद र मन्त्री हुँदा पाएको सम्पूर्ण तलब–भत्ता समाजकै सेवामा खर्च गरेका छन्। “हाम्रो परिवार पुर्खादेखि नै जनताको पैसा हिनामिना गर्ने स्थितिमा छैन,” धुर्व थापाले लेखे।
सामाजिक सेवामा अग्रसर
थापा दम्पति लामो समयदेखि समाजलाई प्राथमिकतामा राख्दै आएका छन्। ७२ सालको भूकम्पताका उनीहरूले व्यापार छोडेर उद्धारमा खटिएका थिए। कोभिड महामारीताका उनीहरूले निःशुल्क एम्बुलेन्स उपलब्ध गराए।
“हामीले जे सके पनि समाजलाई सहयोग गर्ने प्राथमिकता दिएका छौं। यसरी घर र सम्पत्र् िजले पनि मानवीय सेवामा हाम्रो विश्वास कम भएको छैन,” थापाले भने।
थापाको सामाजिक संजालको भावुक सन्देश
धुर्व थापाले आफ्नो सामाजिक सञ्जालमा भावुक हुँदै लेखेका छन् –
म कुनै राजनीतिक मान्छे थिइनँ, न त कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि नै उद्यम सुरु गरेको थिएँ। ३५ वर्षको मेहनत, पसिना र सपना केही मिनेटमै खरानी भएको देख्दा मन टुटेको छ। तर अझ ठूलो पीडा घरमै काम गर्ने बहिनीलाई जिउँदै गुमाउनु परेको छ।
उनले आन्दोलनकारीप्रति प्रश्न गर्दै भने, “घरमा मान्छे भएको थाहा हुँदाहुँदै पनि आगो लगाउने क्रुर अपराधीलाई कुनै राजनीतिक खोल ओढाएर उम्कन दिनु हुँदैन।”
कठिन क्षणमा साथ र सहानुभूति व्यक्त गर्ने सबैप्रति थापाले आभार व्यक्त गरे। “तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझै बलियो भएर अघि बढ्ने हिम्मत दिएको छ,” उनले भने।
यो घटना केवल एउटा परिवारको पीडा मात्र होइन, अहिले भइरहेको आन्दोलनको दिशाबारे गम्भीर प्रश्न हो। सामाजिक असन्तोषलाई हिंसामा परिणत गर्दा निर्दोष नागरिक, उद्यमी, र सामाजिक सेवामा लागेका व्यक्तिहरू पीडित भइरहेका छन्।
थापा दम्पति जस्ता व्यक्तिहरू, जसले नेपालमै बसेर उद्यम गर्नुपर्छ भनेर सन्देश दिएका थिए, उनीहरूकै घरमा आगो लगाइँदा आन्दोलनले लिएको हिंसात्मक रूपको गहिरो आलोचना भइरहेको छ।
राजनीतिक रूपमा पनि यो घटनाले तरंग ल्याएको छ। बिन्दु थापामाथि लगाइएका आरोपलाई धुर्व थापाले अस्विकार गर्दै जनतासामु स्वच्छ छवि कायम गर्न प्रयास गरेका छन्।
अहिले प्रश्न उठिरहेको छ— के आन्दोलनको नाममा निर्दोषलाई पीडित पार्न पाइन्छरु के लोकतान्त्रिक अधिकारको प्रयोग हिंसा र विनाशको मार्गबाट हुनुपर्छरु यी प्रश्नहरूको जवाफ राजनीतिक नेतृत्व, आन्दोलनकारी, र सम्पूर्ण समाजले दिनुपर्ने अवस्था आएको छ।
पोखराको यो घटनाले स्पष्ट सन्देश दिएको छ—हिंसाबाट कसैलाई फाइदा हुँदैन। उद्यमी र सामाजिक सेवामा जीवन अर्पण गरेका थापा दम्पतिको योगदान खरानीमा परिणत हुँदा समाजका लागि ठूलो क्षति भएको छ। तर पीडामाथि उठेर फेरि अघि बढ्ने धुर्व थापाको संकल्पले धेरैलाई प्रेरणा दिनेछ।
उहाँको सामाजिक संजालबाट जस्ताको तस्तै
म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाएं।नेपालमै उद्यम गर्नुपर्छ। नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु।
आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं। ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्।
हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं। आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन।
जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए। सम्पत्र् िघर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ।
घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम न्भलश् ले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन। अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो।
के राजनीति गर्नु नै अपराध हो? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ।
उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ।
उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पतिपारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ।
भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गथ्र्यो होला र? यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ ।











प्रतिक्रिया