काठमाडौ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले लुटपाटमा संलग्न व्यक्तिहरूलाई लुटिएका सामान फिर्ता गर्न अनुरोध गरेको छ।
भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान भइरहेको भन्दै CIB ले शुक्रबार विज्ञप्ति जारी गर्दै, लुटिएका सामग्री नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो।
त्यसैगरी, यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जानकारी भए तत्काल सूचना दिन र लुटिएका सामानको किनबेच नगर्न पनि अनुरोध गरिएको छ।
CIB ले सहकार्य नगरे कानुनी कारबाही हुने चेतावनी दिएको छ।












प्रतिक्रिया