रौतहट ।
जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भदौ २८ गते बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म निषेधाज्ञा र सोही दिन राति ९ बजेदेखि भदौ २९ बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
सिडिओ विनोद कुमार खड्काले जारी गरेको सूचनामा पाँचजना भन्दा बढीको भेला, सभा, र यातायातमा रोक लगाइएको छ।
यद्यपि, आकस्मिक सेवा सम्बन्धी सवारी साधनहरूलाई भने छुट दिइएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।











प्रतिक्रिया