देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना छ।

बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ।

दिउँसो र राति देशका पहाडी भूभागमा केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।