काठमाडौँ।
नेपाली सेना र अन्य सुरक्षा निकायहरूको परिचालनपछि आज (शुक्रबार) बिहान १० बजेदेखि साँझ ४ बजेसम्म देशभरका विभिन्न सुरक्षा गतिविधिहरूको विवरण सार्वजनिक गरिएको छ।
सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको क्रममा नेपाल प्रहरीले लुटेको ९ मि.मि. चिनियाँ पेस्तोल (नाल–१) काठमाडौंस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएका छन्।
त्यसैगरी, हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद भएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षा निकायहरूले जनसाधारणलाई पनि सचेत रहन र शंकास्पद वस्तु वा गतिविधि देखिए प्रहरी वा सेनालाई तत्काल जानकारी गराउन अनुरोध गरेका छन्।











प्रतिक्रिया