रामेछाप कारागारमा प्रदर्शन¸ कैदीबन्दी भाग्न खोज्दा गोली चल्यो, २ जनाको मृत्यु


रामेछाप ।

 जिल्ला कारागार रामेछापका कैदीबन्दीले  बिहीबार बिहान प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा रहे पश्चत नेपाली सेनाले गोली प्रहार गरेर परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सेनाको गोली लागेर २ जनाको निधन भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्णा थापाले जनाकारी गराए । घटनमा परि १२  जना घाइते भएको प्रजिअ थापाले बताए । उनका अनुसार घाइतेको जिल्ला अस्पताल रामेछापमा उपचार भई रहेको छ ।

मृतक र घाइते सहितको थप घटनाको विवरण आउनु बाँकी  रहेको छ ।