रसुवा ।
बुधबार विहान रसुवा कारागारबाट एकैपटक ९८ जना कैदी फरार भएका छन्। तीमध्ये ६३ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएर कारागारमा पठाइएकाे छ भने बाँकी ३४ जनाको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।
नेपाली सेना श्रीनाथ गण, धुन्चेका अनुसार बारम्बार शान्त पार्ने प्रयास गर्दा कैदीहरूले सामूहिक हडताल र तोडफोड सुरु गरेपछि परिस्थिति जटिल बनेको थियो। सेनाका अनुसार त्यस्तो अवस्थामा हवाई फायरिङ गर्ने परिस्थिति उत्पन्न भए पनि नजिकै बसोबास गर्ने स्थानीय र कैदीहरूको ज्यानमा खतरा हुने भएकाले हवाई फायरिङ नगरिएको हो।
हाल फरार कैदीहरूको खोजी व्यापक रूपमा भइरहेको र यसका लागि अतिरिक्त सुरक्षा बल परिचालन गरिएको सेना स्रोतले जनाएको छ।
यसैबीच, सेनाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। कुनै नयाँ वा शंकास्पद व्यक्तिले आपराधिक गतिविधि गरेको देखिएमा तुरुन्तै ९७६७२३०२८३ वा ०१०५४०२७० नम्बरमा जानकारी दिन अपील गरिएको छ।











प्रतिक्रिया