धादिङ ।
नख्खु कारागारबाट मंगलबार भागेका मध्य तीन जना कैदीबन्दीलाई धादिङको गल्छी बैरेनीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
सुर्खेतका ४८ वर्षीय लाल बहादुर नेपाली, ४१ वर्षीय अमर अहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।
धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठका अनुसार लुकिछिपी भाग्दै गरेको अवस्थामा नेपाली सेनाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना जवरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेका थिए । पक्राउ परेका तीनै जनालाई सेनाले प्रहरीको जिम्मा लगाइएको छ ।











प्रतिक्रिया