काठमाडौं ।
जेन-जी आन्दोलनको उग्र रुपबीच सुरु भएको उच्चस्तरीय वार्तालाई लिएर नयाँ रहस्यहरू सतहमा आउन थालेका छन् ।
स्रोतका अनुसार, बाह्य खतरनाक इन्ट्रेस्ट को संकेत पाएपछि काठमाडौं महानगरका मेयर बालेन साह वार्तामा सहभागी हुन अनिच्छुक भएका छन् । यो अनिच्छाले आन्दोलनको माग, रणनीति र पछाडि रहेका शक्ति–सम्बन्धी प्रश्नलाई अझै पेचिलो बनाइदिएको छ ।
यता, सेनापतिले दुर्गा प्रसाईलाई वार्तामा बोलाउनु र उच्च प्राथमिकता दिनु अर्कै बहसको विषय बनेको छ । आन्दोलन औपचारिक रूपमा ‘जेन-जी’ पुस्ताको नाममा चलिरहेको भए पनि, प्रसाईजस्तो विवादास्पद व्यापारी–राजनीतिक व्यक्तिलाई ‘स्टेकहोल्डर’ का रूपमा स्थापित गर्न खोजिएको देखिनु धेरैलाई बुझिनसक्नुको रहस्य भएको छ ।











प्रतिक्रिया