रामेछाप ।
रामेछाप प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार राती १० बजे सूचना जारी गरी बुधवार बिहान ६ बजे सम्म जारी गरेको पुनः बिहान ६ बजे देखि १२ बजे सम्म कर्फ्यू जारी राखेको थियो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले १२ देखि निषेधाज्ञा कायम राख्दै कर्फ्यू हटाएको सूचना जारी गरेका थिए । रामेछाप प्रशासनले पुनः बुधवार साझँ ६ बजे देखि बिहीबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू आदेश जारी भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम लागू हुने यस आदेशअनुसार मन्थली नगरपालिका २ आकासे पुलदेखि सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडक खण्डको सोलमारीदेखि मदन आश्रित चोक हुँदै सानीमदौ ऋत्भ्ख्त् सम्मको क्षेत्रमा, मन्थली नगरपालिका १ को सम्पूर्ण क्षेत्रमा तथा रामेछाप नगरपालिका ८ भंगेरी देखि गौरीशङ्कर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रमा कुनै पनि किसिमको आवतजावत, भेला, जुलुस वा प्रदर्शन गर्न पाइने छैन ।
आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।











प्रतिक्रिया