ललितपुर ।
ललितपुर महानगरपालिका–२५ र १८मा आगलागी भएको स्थानमा स्थानीयले सफाइ सुरु गरेका छन् । मंगलबार दिउँसो जेनजी पुस्ताले जलाएको महानगरीय प्रहरी प्रभाग भैंसेपाटी र आसपासको क्षेत्र सफा गरेको छ । जेनजी पुस्ता र रास्वपा ललितपुर क्षेत्रनं –३ का संयोजक विदुर थापा गोर्खाली र स्थानीय वडाबासीले सफा सुरु गरेको हो ।

हिजोको आगलागीमा मन्त्री, उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको निवास सहित २५ भवन, प्रदेश प्रमुख र मुख्यमन्त्रीको गरी ७ वटा डुप्लेक्स भवन जलेर खरानी भएको छ । जेन्जी पुस्ता, स्थानीय लगायतले १९ जना को मृत्यु भएको विरोधमा मंगलबार हिंसात्मक घटनामा उत्रेका थिए ।

मन्त्री निवासमा भएको आगलागी भर्खरै नियन्त्रण भएको छ । सरकारी सम्पत्ति नष्ट भएकोमा हामी दुःखी छौ । जसले आगलागी गरेपछि सफा गर्ने दायित्व हामी सबैको भएकोले सफा गरेका हौँ –गोरखालीले भने ।











प्रतिक्रिया