जेनजी पुस्ताको प्रस्ताव सार्वजनिक: प्रतिनिधि सभा  विघटन, अन्तरिम सरकार गठन

जेनजी पुस्ताको तर्फबाट हमालले भने-  सबै माग पूरा गराएरै छाड्छौँ

940
Shares

काठमाडौं ।

  जेनेरेशन जेड (जेनजी ) पुस्ताले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्लेलसंग वार्ताको लागि एजेन्डा सार्वजनिक गरेको छ । आज वार्ता हुने सम्भावना बढीरहेको बेला एजेन्डा सार्वजनिक भएको हो । जेनजीपुस्ताका प्रतिनिधि किरण हमालले एजेन्डा सार्वजनिक गरेका हुन् । ती ऐजेण्डामा सहमति गर्न र सरकार निर्माण गर्न दबाब दिन जेनजीका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

 हमालका अनुसार एजेन्डा अनुसार वार्ता अघि बढ्ने उनको भनाई थियो। जेन्जी पुस्ताले तयार गरेको वार्ताको प्रस्ताव जस्ताको तस्तै नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ। तीन दशक लामो भ्रष्टाचार, कुशासन र असफल नेतृत्वका कारण जनतामा गहिरो असन्तोष र निराशा व्याप्त छ । जेन्जी पुस्ताले नेतृत्व गरेको जनआन्दोलन अब शान्ति, स्थायित्व र नयाँ राजनीतिक व्यवस्थाको माग गर्दै निर्णायक चरणमा प्रवेश गरेको छ ।
यस सन्दर्भमा राष्ट्रपति र नेपाली सेनाले गरेको  वार्ताको आह्वानलाई हामी जेन्जी पुस्ताले सकारात्मक रूपमा स्वागत गर्दछौं । हामीले ल्याएका प्रस्तावहरू कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई सम्पूर्ण राष्ट्र र नयाँ पुस्ताको भविष्यलाई केन्द्रमा राखेर तयार पारिएका
मुख्य प्रस्तावहरू

१ अन्तरिम सरकार गठन
हुन्।

वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेन्जी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्छ ।
यो सरकार असफल पुराना दलहरूको प्रभावभन्दा स्वतन्त्र रहनुपर्नेछ ।

२। शान्ति र स्थायित्व
सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने, र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता
हुनेछ ।
सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराइनेछ ।

३।प्रतिनिधि सभा विघटन

वर्तमान प्रतिनिधि सभा जनताबाट विश्वास गुमाइसकेको छ ।
त्यसैले तत्काल प्रभावबाट प्रतिनिधि सभा विघटन गरी राजनीतिक संक्रमणलाई स्पष्ट बनाइनुपर्छ ।

४। संविधान संशोधन वा पुनर्लेखन
नयाँ पुस्ताको आकांक्षा र जनताका वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण रूपमा पुनर्लेखन गरिनुपर्छ ।
यस प्रक्रियामा नागरिक, विशेषज्ञ र विशेष गरी युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ ।
५। नयाँ चुनाव
अन्तरिम अवधि सकिएपछि