तात्कालिक अपडेट : आन्दोलन, आगजनी र सुरक्षाकर्मीको मृत्यु


-राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेसँगै जेनजी समूह भर्चुअल छलफलमा।

-डिस्कोर्ड प्लेटफर्ममा ३२ सयभन्दा बढी युवाले आन्दोलनपछिको बाटो, नेतृत्व संरचना र वार्तामा जाने एजेन्डाबारे व्यापक बहस जारी।

-महाराजगञ्जस्थित प्रहरी वृत्तमा तीन सुरक्षाकर्मीले ज्यान गुमाए।

-सिंहदरबारमा आगजनी, भौतिक संरचनामा ठूलो क्षति पुगेपनि सम्पूर्ण तथ्यांक सुरक्षित।

-सर्वोच्च अदालतका केही तथ्यांक हेटौँडास्थित डीआरमा सुरक्षित।

-प्रारम्भिक तथ्यांकअनुसार १७ जिल्लाका जेलहरूबाट हजारौं कैदी फरार।

-सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ कैदी भागे।

-भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई सुरक्षाकर्मीले पक्राउ।

-अराजक समूह नियन्त्रणमा लिँदै नेपाली सेनाले काठमाडौँलगायत देशका विभिन्न स्थानहरूमा २७ जना पक्राउ गर्‍यो।

-गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो।

-गंगा दाहालको घरमा जलेको अवस्थामा शव भेटियो।

-काभ्रे जिल्ला कारागारमा पनि आगजनी, सेना परिचालन।

-त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द।

-भागेका २६ कैदी नियन्त्रणमा।