काठमाडौं ।
सरकारविरुद्ध जारी जनप्रदर्शन चर्कंदै गएपछि पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको दहचोकस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, र नेताहरूको बिलासी जीवनशैलीविरुद्ध देशभर जेनजी युवाहरूले आन्दोलन चर्काएका हुन्।
सोमबारदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हालसम्म १९ जनाको ज्यान गएको छ। घटनापछि देशभर आक्रोश झनै बढेको छ।











प्रतिक्रिया