संसद भवनमा प्रदर्शनकारीको प्रवेश, प्रहरी दमनको विरोधमा आन्दोलन चर्कियो


काठमाडौं ।

जेनजी आन्दोलनमा सोमबार भएको प्रहरी दमनको विरोधमा प्रदर्शनकारीहरू पुनः सडकमा उत्रिएका छन्।

मंगलबार उनीहरू संघीय संसद भवनभित्र छिरेका छन्।

यसअघि सोमबार पनि संसद भवन प्रवेश गरेका उनीहरूमाथि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए।

प्रदर्शन थप चर्किँदै गएपछि सुरक्षा अवस्था तनाबपूर्ण बनेको छ।