काठमाडौ ।
आन्दोलनकारीले राजधानीका अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन । राजनीतिक दलका सबे केन्द्रिय कार्यालय तोडफोड गरेर ती कार्यालय नियन्त्रणमा लिएका छन भने मुख्य सडकहरुमा टायर बालेर आन्दोलनलाई तीव्र बनाएका छन ।
सुरक्षा निकायको नियन्त्रण भन्दा बाहिर आन्दोलन पुगेको छ । सबै पार्टीका नेता भाग्न लागेको भन्दै बिमानस्थलमा खवरदारी गर्न भन्दै सामाजिक सन्जालमा पोष्ट गर्न शुरु गरिएको छ ।
नेताहरु अहिले असुरक्षित भएपछि आफ्नो ज्यानको सुरक्षाकालागि सुरक्षित आश्रयस्थलको खोजीमा रहेका छन । अवस्था भयावह बन्दै गएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन ।
अहिले सम्मको अवस्थालाई विश्लेषण गर्दा देशका सबै क्षेत्रमा आन्दोलन शुरु भएको छ । सबै क्षेत्रबाट जुलुस निकालेर सरकारी भवनहरु धकब्जा गर्ने क्रम शुरु भएको छ । मुलुमा अव संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेको छ ।











प्रतिक्रिया