काठमाडौँ ।
आन्दोलनकारीले राजधानीका अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् । राजनीतिक दलका सबै केन्द्रीय कार्यालय तोडफोड गरेर ती कार्यालय नियन्त्रणमा लिएका छन् भने मुख्य सडकहरुमा टायर बालेर आन्दोलनलाई तीव्र बनाएका छन् । सुरक्षा निकायको नियन्त्रण भन्दा बाहिर आन्दोलन पुगेको छ । सबै पार्टीका नेता भाग्न लागेको भन्दै बिमानस्थलमा खवरदारी गर्न भन्दै सामाजिक सन्जालमा पोष्ट गर्न सुरु गरिएको छ ।
नेताहरु अहिले असुरक्षित भएपछि आफ्नो ज्यानको सुरक्षाकालागि सुरक्षित आश्रयस्थलको खोजीमा रहेका छन् । अवस्था भयावह बन्दै गएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । अहिले सम्मको अवस्थालाई विश्लेषण गर्दा देशका सबै क्षेत्रमा आन्दोलन सुरु भएको छ । सबै क्षेत्रबाट जुलुस निकालेर सरकारी भवनहरु धकब्जा गर्ने क्रम सुरु भएको छ । मुलुमा अव सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेको छ ।











प्रतिक्रिया