काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले २०८४ को संघीय, प्रादेशिक र स्थानीय निर्वाचनलाई लक्ष्य गर्दै थिंक ट्यांक गठन गरेको छ। पार्टीका वरिष्ठ सहअध्यक्षमा सर्वेन्द्रनाथ शुक्ल प्रमुख सल्लाहकार रहेको यस समितिको संयोजक महासचिव विमल केडिया रहेका छन्।
थिंक ट्यांकमा लुम्बिनी प्रदेश अध्यक्षमा सन्तोष कुमार पाण्डेय, महासचिवहरू उपेन्द्र महतो, विनोद कुमार सिंह, ई.ज्ञानेन्द्र झा, सह–महासचिवमा रुपा यादव, लुम्बिनी प्रदेशका मुख्य सचिव मो इस्लाम रहेका छन्।
पार्टीका अनुसार यो थिंक ट्यांकले महाधिवेशन तयारी, संगठन विस्तार, भातृ संगठन, संघीय लोकतान्त्रिक मोर्चा, राजनीतिक समन्वय, बुद्धिजीवी तथा सञ्चार क्षेत्रसँगको सम्बन्ध सुदृढीकरण लगायतका कार्यमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।











प्रतिक्रिया