सूचना तथा सञ्चार प्रविधि मन्त्री गुरुङको निवासमा आगजनी


ललितपुर ।

सुनाकोठी सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निजी निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

घटनामा घरको केही भागमा क्षति पुगेको बताइएको छ।

सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन खोजिरहेका छन् भने आगजनीको कारण र दोषीको पहिचानबारे अनुसन्धान थालिएको छ।