काठमाडौं ।
नयाँबानेश्वरस्थित संसद भवनमा आज नेपाली सेना हतियारसहित तैनाथ गरिएको छ।
हिजो संसद भवनमा जेनजी आन्दोलनकारीले पर्खाल तोडफोड गरी भवनभित्र प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीको गोलीप्रहारमा काठमाडौंमा १७ जनाको मृत्यु भएको छ।
स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी राखे पनि आज पुनः संसद भवन अगाडि प्रदर्शन भइरहेको छ। सुरक्षाकर्मीहरूले भवन वरिपरि काँडेतार लगाएर सुरक्षा कडा पारेका छन्।












प्रतिक्रिया