काठमाडौं ।
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ। यसअघि निमित्त प्रमुख रहेका डीआईजी ओम रानालाई हटाएर कार्कीलाई कमाण्ड दिइएको हो।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएपछि यो नेतृत्व परिवर्तन गरिएको हो।
एआईजी टेक तामाङ अवकाशपछि उपत्यका प्रहरी नेतृत्वमा अस्थायित्व देखिएको थियो।











प्रतिक्रिया