काठमाडौं ।
कर्फ्यु आदेश अवज्ञा गर्दै जेनजि पुस्ताका युवाहरु आज बिहानैदेखि नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका छन्। हिजोको घटनामा १९ जना युवाको मृत्यु भएपछि आक्रोशित बनेका उनीहरु आफ्न्त र साथीहरूसहित सडकमा उत्रिएका हुन्।
सुरक्षाको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको ठूलो टोली खटाइएको छ भने तारबार तथा सुरक्षा व्यवस्थामा व्यस्त देखिन्छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीले अवज्ञा गर्दै आन्दोलन जारी राखेका छन्।
हिजो केही युवाले संसदभित्र प्रवेश गरी तोडफोड गरेका थिए भने आज परिसरभित्र सेना हतियारसहित तैनाथ छन्।












प्रतिक्रिया