काठमाडौं ।
भक्तपुर जिल्लाका मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेको आदेशअनुसार विहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू लागू हुनेछ।
आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रहरूमा जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला, कौशल्टार, बाखाबजार, कमलविनायक, च्यामासिंह, ताथली, दुवाकोट मोड, नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र लगायतका स्थानहरू पर्छन्।
प्रशासनले जनतालाई आदेशको पालना गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।











प्रतिक्रिया