तिहारको अवसरमा आगामी कात्तिक ६ गते भाइटीकाका दिन रिलिजमा आउने फिल्म वरिष्ठ बलरामको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मको एकसाथ दुई पोस्टर र फस्ट लुक सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बराललाई मुख्य स्थान दिइएको छ। अन्य कलाकार पनि फिचर्ड छन्।
एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन्। रातो सुट र सर्ट–पाइन्टमा ठा“टिएका दयाहाङ हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन्। विजय भने निराश देखिएका छन्। दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन्। यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन्। उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ।
पोस्टरले फिल्मको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ। त्यस्तै सार्वजनिक फस्ट लुकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक–झोक प्रस्तुत गरिएको छ। यसले फिल्मप्रतिको उत्सुकता बढाइदिएको छ। दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारले अभिनय गरेको फिल्म निर्देशक पौडेलको चौथो निर्देशकीय फिल्म हो।
दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि आभाष, क्रृ र बाबरी निर्देशन गरेका छन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्स्को सहकार्यमा आशिष एच तामाङ र श्रीराज कार्कीद्वारा निर्मित फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको पटकथा, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन र मानकृष्ण महर्जनको छायाँकन छ।
प्रदीप जी धामी र पुष्कर बी घिमिरे कार्यकारी निर्माता रहेको सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाँकन चितवनका विभिन्न स्थानमा गरिएको छ।











प्रतिक्रिया