काठमाडौं।
जेनजीको आन्दोलनमा बर्बर दमन भएको भनेर व्यापक आलोचना खेपेका गृहमन्त्री रमेश लेखकले सोमबार साँझ राजीनामा दिनुभएको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको गृहप्रशासनले सोमबार काठमाडौंको जेनजी आन्दोलनमा क्रुर र बर्बर दमन गर्दा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्युृ भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । गृहमन्त्री लेखकमाथि गृहप्रशासनलाई सुदृढ बनाउन नसकेको र अति राजनीति गरी गृहप्रशासनलाई पंगु बनाएको आरोप लाग्दै आएको थियो । सोमबारको घटनाले यो आरोप पुष्टि भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।











प्रतिक्रिया