इटहरीमा गोली लागेर दुई जनाको मृत्यु


काठमाडौँ।

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन ।