जेनजी आन्दोलनमा भएको दमनप्रति माओवादी केन्द्रको आपत्ति


काठमाडौं ।

जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ।

सोमबार पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति कडा भर्त्सना गरिएको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

माओवादी केन्द्रले जेनजी पुस्ताले उठाएका मागहरू न्यायसंगत र जनपक्षीय भएको भन्दै तीनलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।