काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएका हुन्।
काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ८ जनाको मृत्यु भइसकेको छ ।
बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्दै छन्।
अहिले पनि प्रदर्शन जारी छ ।











प्रतिक्रिया