काठमाडौँ।
जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका पाँच जनाको मृत्यु भएको छ।
अस्पताल स्रोतका अनुसार, ट्रमा सेन्टरमा उपचाररत चार जनाको मृत्यु भएको छ भने यसअघि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक जनाको मृत्यु भइसकेको थियो। मृत्यु भएका पाँचै जनाको उमेर जेनजी पुस्ताभन्दा माथिका रहेको पुष्टि भएको छ।
यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ। प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
सुरक्षाकर्मीले अश्रुग्यास र रबर गोली प्रयोग गरेका थिए भने प्रदर्शनकारीहरूले केही स्थानमा आगजनी र तोडफोड पनि गरेका थिए। प्रशासनले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ र स्थिति नियन्त्रणमा राख्न प्रयासरत छ।











प्रतिक्रिया