काठमाडौं ।
हालका नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)माथि आन्दोलन नियन्त्रणमा लिएर परिस्थिति सहज बनाउन इच्छुक नभएको आरोप लाग्न थालेको छ। सुरक्षाकर्मीहरू तैनाथ भए पनि निरन्तर चर्किँदै गएको आन्दोलनलाई शान्त पार्नेतर्फ आइजिपीको स्पष्ट पहल नदेखिएको भन्दै आलोचना भएको हो।
स्रोतहरूका अनुसार आइजिपीको सोच नै आन्दोलनलाई कडा बल प्रयोगमार्फत मात्रै नियन्त्रण गर्ने खालको रहेको बताइएको छ। शान्तिपूर्ण वार्ता, संवाद र मध्यस्थतामार्फत वातावरण सहज बनाउन सक्ने सम्भावना हुँदाहुँदै पनि प्रहरी नेतृत्वले त्यसतर्फ ध्यान नदिएको भन्दै विभिन्न वृत्तमा असन्तुष्टि बढेको छ।
यसबीच, काठमाडौं उपत्यकामा जारी कर्फ्यू आदेशलाई कडाइका साथ लागू गरिएको छ भने प्रमुख स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।











प्रतिक्रिया