काठमाडौँ ।
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयसम्म कर्फ्यु क्षेत्रभित्र मानिसको आवाजाही तथा सभा–जमघट पूर्णरूपमा निषेध गरिएको छ । सुरक्षाकर्मीमाथि ढुंगामुढा र तोडफोडको घटना बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको बताइएको छ ।
यसअघि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । हाल प्रमुख स्थानहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।











प्रतिक्रिया