नवलपरासी।
फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल माथिको निलम्बन तथा भ्रष्टाचारविरुद्ध देशव्यापी उभिएको जेनजी नवलपुरले साेमबार बिहान विरोध प्रदर्शन गरेकाे छ ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासाेती २ फलफूल चाेकमा जेनजी समूहले स्वतःस्फूर्त रूपमा विरोध कार्यक्रम आयाेजजा गरी देशमा व्याप्त बेथिति,भष्टआचरण,सामाजिक सञ्जाल माथिको प्रतिवन्धलाई वक्तव्य,कविता तथा व्यङ्ग्य भाव सहित सरकारकाे विरोध जनाए ।
नेतृत्वमा स्वछ्यााचरिता बढेको, दलहरू मूकदर्शक बनेकाे, नाताबाद कृपाबाद माैलाएकाले वर्तमान नेतृव्वबाट देश पार नलाग्ने कुरा जेनजीले बुझेको बताए ।
कार्यक्रममा कुनै पनि राजनैतिक दलकाे भावना र प्रतिनिधित्वलाई अस्वीकार गर्दै जेनजी युवाहरूले बिगतदेखि सरकार संचालनका गतिविधि मुलुक हित विपरीत रहेको,भ्रष्टाचार मौलाएको,परिबार हाबी भएको, जनताका आवाजलाई दबाउने कोसिस सुरु भएको आरोप लगाए ।
सरकार र नेतृत्वलाई मुलुकका हितमा लाग्न सचेत गर्दै कार्यक्रममा अभिव्यक्त जेनजीका आवाजलाई कम नआक्न युवाहरूले चुनौती दिँदै देशव्यापी झुल्किएका आगाेका झिल्काहरू बेतिथिको अन्त्य पछि मात्र निभ्ने बताए ।
प्रहरी सुरक्षाकर्मीहरूकाे बाक्लाे उपस्थिति र आम सर्वसाधारण माझ जिएनजी युवाहरूले सफलता पूर्वक सरकार विरुद्ध स्वआयाेजित कार्यक्रम सम्पन्न गरी नाराबाजी गर्दै घर फर्केका थिए ।











प्रतिक्रिया