काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले ठूलो संख्यामा उपप्राध्यापक पदका लागि आवेदन खुला गरेको छ।आज प्रकाशित विज्ञापन अनुसार ४७ विषयमा कुल ३५२ उपप्राध्यापक पद पूर्ति गर्न लागिएको हो।
सबैभन्दा धेरै व्यवस्थापन संकायका लागि ९१ पद खुला गरिएको छ भने कानुनमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षा विषयमा १० पद खुलाइएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भदौ २९ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइन माध्यममार्फत आवेदन दिन सक्नेछन्।
दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।












प्रतिक्रिया