केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको सक्रियता: कालोबजारी रोक्न संयुक्त बजार अनुगमनको दायरा र सघनता बढाइने


–दशैका लागि सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था मिलाइने

– जनताका गुनासो संकलनका लागि टोल फ्रि नं सञ्चालन 

– मुख्य सडकहरू २०८२ असोज १० गतेभित्र सञ्चालन गर्ने

–राजस्व छली एवम् गैरकानुनी कारोबार कडाईका साथ नियन्त्रण गर्ने

काठमाडौँ । 

सरकारले चाडवाडको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था,चाडपर्वको समयमा प्रभावकारी सुरक्षा व्यवस्थापन, सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन,विपद् प्रभावित राजमार्गहरुको सञ्चावलन,मौसमी रोग, डेँगी, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलगायतमा विषयमा महत्वपुर्ण निर्णय गरेको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिका अध्यक्ष सरकारका मुख्य सचिव  एकनारायण अर्यालको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आसन्न चाडपर्वहरूमा उपभोग्य वस्तुहरूको सहज उपलब्धता, म्याद नाघेका वस्तुहरूको बिक्री वितरण नियन्त्रण, नापतौल तथा गुणस्तरमा हुने ठगी कार्य लगायतका कालो बजारी नियन्त्रण गर्नका लागि संयुक्त बजार अनुगमनको दायरा र सघनता बढाउने लगायत विभिन्न १८ वटा  निर्णय गरेको छ । 

  केन्द्रीय अनुगमन समितिले  राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस गर्ने र नतिजा देखिने गरी सरकारी निकायहरूबाट नागरिकलाई सेवा प्रवाह गर्ने  व्यवस्था मिलाउने,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत काठमाडौं उपत्यका तथा  उपत्यका बाहिरका स्थानहरूमा आसन्न चाडपर्वहरूको समयमा उपभोग्य वस्तुहरूसुपथ मूल्यमा सहज रूपमा उपलब्धगराउन सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।  यसैगरी समितिले जनताका गुनासो संकलनका लागि टोल फ्रि टेलिफोन नम्बरको व्यवस्था गरी सार्वजनिक गर्ने  प्राप्त भएका गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 यस्तै  .खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मासु लगायतका खाद्य सामाग्रीको नमूना सङ्कललन, परीक्षण र आवश्यक नियमनका कार्य गर्ने तथा सो प्रयोजनका लागि मोबाइल भ्यानहरू समेत सञ्चानमा ल्याउने  निर्णय गरिएको छ । 

यसैगरी समिति बैठकले  गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय भई आवश्यक व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यस्तै .भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आमनागरिकको यात्रालाई सुव्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी÷नेपाल प्रहरीमार्फत चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको लामो दूरीको रुट परमिटको व्यवस्था, भाडादर, यात्रुसीट क्षमताका आधारमा अनलाइन प्रणालीसमेतबाट टिकट बुकिङको व्यवस्था, लामो दूरीको यात्रामा दुईजना सवारी चालकको व्यवस्था, सवारी चालकले मादक÷लागू पदार्थ सेवन गरे-नगरेको परीक्षणको व्यवस्था र प्राविधिक रूपले योग्य सवारी साधन मात्र सञ्चा लन गर्नेव्यवस्था गरी सो कार्यको नियमित रुपमा चेकजाँच निरीक्षण गर्ने निर्णय गरेको छ । 

यस्तै .सडक विभागले सडक दुर्घटना तथा सडक सञ्जा्लसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने र  विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडकहरू २०८२ असोज १० गतेभित्र सञ्चालन गर्ने गरी काम अगाडि बढाउने निर्णय भएको छ । 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डकयन मन्त्रालयले विमानस्थलहरूको सञ्चालन  गर्ने समयावधि र उडान संख्उा  वृद्धि गर्न एवम् अस्वाभाविक हवाई यात्राको भाडादरको वृद्धि हुन नदिन आवश्यक समन्वय र सहजीकरण गर्ने,गृह मन्त्रालयले आसन्नय चाडपर्व समेतलाई लक्षित गरी शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी, हैजा तथा मौसमजन्य रोग फैलिन नदिने,कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा चौपायामा फैलिएको लम्पीस्किन रोग नियन्त्रणको प्रभावकारी व्यवस्था गर्ने लगायतका निर्णय गरिएको छ । 

यस्तै बजारमा राजस्व छली एवम् गैर कानुनी कारोबार कडाईका साथ नियन्त्रण गर्न अनुगमन र निगरानीलाई सघन बनाउने,गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन गर्ने सबै निकायहरूबाट सार्वजनिक बिदाका दिनमा समेत सेवा सुचारु भए- नभएको  अनुगमन गर्ने, राष्ट्रिय सतर्कता केन्द्रले चाडपर्व लक्षित बजार अनुगमन र सेवा प्रवाह गर्ने निकायहरूबाट गरिएको कामकारबाहीको प्रभावकारिता सम्बन्धमा सूक्ष्म निगरानी गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।