काठमाडौं ।
करिब ४५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ (साविक माङ्खा–८) का ७० वर्षीय जिवनाथ तिमल्सिनालाई विशेष सूचनाको आधारमा सीआइबीको टोलीले काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरेको हो ।
तिमल्सिनाले २०३७ साल कात्तिक ७ गते सोही गाउँका जितबहादुर तामाङमाथि आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गर्दै खुकुरी प्रहार गरी हत्या गरेका थिए । उक्त अपराधमा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।
प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र त्यहाँबाट कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार चलान गरिएको प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
यसअघि लामो समयदेखि फरार रहे पनि प्रहरीले पछिल्ला वर्षमा अपरेशनलाई तीव्र बनाउँदै पुराना मुद्दाका दोषीलाई पक्राउ गर्ने अभियान चलाएको छ । प्रहरीले यसलाई फरार अपराधीविरुद्धको उपलब्धीपूर्ण सफलता मानिएको छ ।











प्रतिक्रिया