काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भोलि निर्धारित ‘जेन–जी प्रदर्शन’प्रति समर्थन जनाएको घोषणा गरेका छन्।
दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताले संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेको छ। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मेयर शाहले युवापुस्ताको यस पहललाई आफूले पुरापुरी साथ दिने बताएका हुन्।
उनले यो आन्दोलन कुनै पार्टी वा नेताको स्वार्थ पूर्ति गर्ने थलो नबनोस् भन्नेमा पनि जोड दिएका छन्। “जेन–जीको यो कदम स्वतःस्फूर्त हो, यसलाई व्यक्तिगत वा राजनीतिक लाभका लागि दुरुपयोग नगर्न सबैलाई अनुरोध गर्दछु,” मेयर शाहले भनेका छन्।
उनले लेखेका छन् :
भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन-जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।
प्रिय जेन-जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?











प्रतिक्रिया