काठमाडौं ।
नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदा संरक्षण तथा प्रवद्र्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
‘लोकतन्त्रमा सबै वर्ग र पेसाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो साझा दायित्व हो ।’ राष्ट्रपति पौडेलले भन्नुभयो।उहा“ले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि वर्षेनी लाखौं पर्यटक आउने भएकाले सम्पदा संरक्षणमा सम्पदाप्रेमी सधैं सचेत रहनुपर्ने बताउनुभयो ।
आर्ट काउन्सिलका अध्यक्ष सागरशमसेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्व राख्ने भएकाले यसलाई वैश्विक सांस्कृतिक पर्वका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकाका चारवटै सहर काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन् ।
जसमा १ सय ५४ कलाकारका २ सय ७३ कलाकृति प्रदर्शनीमा राखिने छन् । साथै, सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृति अनुभव गर्ने अवसर उपलब्ध हुनेछ ।
पर्यटन बोर्ड, आर्ट काउन्सिल र होटल एसोसिएसन नेपाल (हान) लगायत आयोजना र काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्रजात्राको अवसरमा सुरु भएको महोत्सव ११ असोजसम्म चल्ने छ ।











प्रतिक्रिया