प्रचण्ड लमजुङमा मर्निङ वाक गर्दै सहिद परिवारसँग भेट


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत लमजुङमा छन्।

उनीसहितको टिमले भोर्लेटार क्षेत्रमा आज बिहान मर्निङ वाक गरेको छ। कार्यक्रममा जिल्लाका विभिन्न नेताहरू पनि सहभागी थिए।

मर्निङ वाककै क्रममा प्रचण्डले विभिन्न सहिद परिवारसँग भेटघाट गरी उनीहरूको भावना सुम्पिएका छन्।