काठमाडौँ ।
ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय रूपमा समेट्ने विषयमा छलफल भइरहेको छ। दस समूहमा विभाजित छलफलमा अधिकांश प्रतिनिधिहरूले भण्डारीको सदस्यता नवीकरण गरी राजनीति गर्न दिनुपर्ने धारणा राखेका छन्।
सुदूरपश्चिम, बागमती, लुम्बिनी, कोशी, गण्डकी, मधेसलगायत प्रदेशका प्रतिनिधिहरूको मत बिभाजित देखिएको छ। कतिपय नेताहरूले भण्डारीलाई रोक्न नहुने पक्षमा खुलेर बोलेका छन् भने केही मौन बसेका छन्।
विधानमै पूर्वराष्ट्रपतिलाई राजनीति निषेध गर्नुपर्ने धारणा पनि आएको छ। अधिवेशनमा २,१२६ प्रतिनिधिको सहभागिता रहेको छ भने टोली नेताहरूको प्रस्तुति पश्चात् सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले निष्कर्ष पेस गर्नेछ।











प्रतिक्रिया