एमाले महाधिवेशनमा समूहगत छलफलको सुझाव


काठमाडौं ।

ललितपुरमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्तावमा फरक मत भए समूहगत छलफलमार्फत राख्न आग्रह गरेका छन्।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा ओलीले समय व्यवस्थापनको कारण समूहमै विचार राख्न सुझाएका थिए।

अध्यक्ष ओलीको आग्रहलाई हलमा ताली बजाएर समर्थन गरिएको थियो। शुक्रबारदेखि सुरु महाधिवेशनमा विभिन्न प्रस्तावहरू प्रस्तुत भएका छन् भने शनिबार दिनभर १० समूहमा छलफल भइरहेको छ। महाधिवेशन आइतबार सम्पन्न हुनेछ।