काठमाडौं ।
मधेश प्रदेशमा गाडिएका ७६४ डिप तथा पावर ड्रिल बोरिङमध्ये आधाभन्दा बढी वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैनन्। सरकारले सुक्खा प्रभावित क्षेत्रका लागि ५०० नयाँ डिप ट्युबेल गाड्ने घोषणा गरे पनि अघिल्ला सयौं बोरिङ अहिलेसम्म अलपत्र छन्।
ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयका अनुसार ५१४ डिप बोरिङमध्ये २२१ मात्र सञ्चालनमा छन् भने २९३ वटा प्रयोगविहीन छन्। कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रबाट जडान भएका २५० मध्ये ९० मात्र सक्रिय छन्।
६ इन्चका ९४० पावर ड्रिल बोरिङमध्ये ५७८ ठप्प छन्। धेरै ठाउँमा मोटर, ट्रान्सफर्मर वा विद्युत् जडान नहुँदा बोरिङ उपयोगमा आउन सकेका छैनन्।
विशेषज्ञहरू नियमन र समन्वयको अभाव, बजेट नहुनु, तथा उपभोक्ता समितिका विवादलाई प्रमुख कारण मान्छन्। सरकारले नयाँ बोरिङ योजना अघि बढाउँदै गरे पनि पुराना योजना अलपत्र पर्दै गएका छन्।











प्रतिक्रिया