काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका हिमालहरू औसतभन्दा दोब्बर गतिमा तातिरहेको बताउँदै फोहोर खुला रूपमा जलाउने प्रथाले जलवायु संकट चर्काइरहेको बताएका छन्।
काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादमा उनले यस प्रथालाई अन्त्य गर्न रूपान्तरणात्मक कदम आवश्यक रहेको बताए।
मन्त्री ठकुरीले ब्ल्याक कार्बनजस्ता प्रदूषकले हिमनदी पग्लिने प्रक्रिया तीव्र बनाएको भन्दै यसले करोडौं मानिसको जीवन, जैविक विविधता र पारिस्थितिक प्रणालीमा गम्भीर असर पारिरहेको चेतावनी दिए।
उनले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय सवारी प्रवर्द्धन गर्ने र दीगो वन विकास गर्ने प्रतिबद्धता जनाइसकेको बताए।











प्रतिक्रिया