“रास्वपाको प्रारम्भिक निर्वाचन परिणाम गोप्य राखिएको भन्दै असन्तुष्टि”


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले रुपन्देही–३ को उपनिर्वाचनका लागि भएको प्रारम्भिक निर्वाचनको मत परिणाम सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन्। भदौ १२ र १३ गते ९ जना आकांक्षीबीच भएको मतदानपछि डा.लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय भए पनि मत परिणाम गोप्य राखिएको थियो।

कार्कीले फेसबुकमार्फत परिणाम लुकाएर पार्टी आफ्नै मूल्यबाट पछि हटेको टिप्पणी गरेका छन्। मतदानमा प्राविधिक समस्या र युजर आइडी दुरुपयोग भएको आरोपसमेत लागेको छ। रास्वपाले उम्मेदवार छनोटमा विभिन्न सूचकहरू अनुसार अंक भार तोकेको थियो भने जिल्ला सभापति डा। बुद्धिप्रसाद शर्माले आवश्यक परे मत परिणाम सार्वजनिक गर्न सकिने बताएका छन्।