लम्कीचुहामा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति


काठमाडौं ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ता–चप्पल गोदाममा शुक्रबार राति भीषण आगलागी भएको छ। राति करिब २:४५ बजे सुरु भएको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो।

कल्पना जैशीद्वारा सञ्चालित गोदाममा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। गोदाममा कोही नबस्ने भएकाले आगलागीको कारणबारे अनुसन्धान जारी छ।