जापनिज इन्सेफलाइटिसले ३ को मृत्यु


नवलपरासी ।

संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने जापनिज इन्सेफलाइटिस रोगकालकारण पूर्वी नवलपरासीमा ३ जनाको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छबिलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु १ का ५२ वर्षीय पुरूष रहेकाछन् ।

त्यसै गरि हुप्सेकोट १ कि १३ वर्षीय बालिका र बौदिकाली २ निवासी ४५ वर्षकि महिलाको पनि मृत्यु भएको छ ।
बताए अनुसार जापनिज इन्सेफलाइटिसको संक्रमणबाट सदरमुकाम कावासोती नगर पालिकामा ६ जना बिरामी परेका थिए ।
जापनिज इन्सेफलाइटिसको संक्रमणबाट बिरामी परेका मध्य अधिकांश उपचार पछि घर फर्कि सकेका र २ जनाको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय जनाएको छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिए पछि सम्बन्धित पालिकाहरूले सूचना निकालेर नगरबासीहरूलाई लामखुट्टे टोकाईबाट बच्न र घर वरपर सरसफाइ राख्न अनुरोध गरेकाछन् ।बिशेश गरि झरि वर्षादसंगै धान खेत,बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा समेत लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाईटसको संकमण फैलने बिज्ञहरू बताउछन् ।