काठमाडौं ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको घटनास्थलमै मृत्यु भएको हो। घाइते दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ट्रकले ठक्कर दिएपछि नियन्त्रण गुमाई सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको र २० वटा घरपालुवा पन्छी मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया