काठमाडौँ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले देशभर सामान्य बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसहित पहाडी भूभागहरूमा सामान्य बदली, अन्य ठाउँमा आंशिक बदली रहेको छ।
बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति लुम्बिनी, सुदूरपश्चिम तथा पहाडी र केही तराई भूभागमा मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।











प्रतिक्रिया